Like us!
Follow us!
Connect us!
Watch us!

भारतले फिलिपिन्सलाई बेच्यो २७ सय करोड बराबरको तीन ब्रम्होस क्षेप्यास्त्र

अर्थ संसार

विहीबार, ०६ बैशाख २०८१, १९ : २७ मा प्रकाशित

भारतले फिलिपिन्सलाई बेच्यो २७ सय करोड बराबरको तीन ब्रम्होस क्षेप्यास्त्र

भारतले फिलिपिन्सलाई २७ सय करोड भारतीय रुपैयाँमा तीन ब्रम्होस क्षेप्यास्त्र बिक्री गरेको छ ।

शुक्रबार ६ घन्टाको उडान मार्फत पहिलो ब्याचको ब्रम्होस मिसाइल फिलिपिन्सको पश्चिमी क्षेत्रमा पुर्याइने भएको हो । सन् २०२२ को जनवरीमा फिलिपिन्स सरकारले ब्रह्मोस एयरोस्पेस प्रालिबाट ​​आफ्नो नौसेनाका लागि ती क्षेप्यास्त्र खरिद गर्ने सम्झौता गरेको थियो । सोही सम्झौता बमोजिम क्षेप्यास्त्र ब्याट्री तयार गरि फिलिपिन्स पुर्याउन लागिएको हो ।

क्षेप्यास्त्र सँगसँगै भारतले फिलिपिन्स नेभीका २१ जनालाई मिसाइल अपरेटर प्रशिक्षण समेत दिइसकेको छ । फिलिपिन्स बाहेक भारतले इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड लगायत देशलाई पनि ब्रम्होस आपूर्ति गर्न छलफल गरिरहेको छ । 

ध्वनिभन्दा तीन गुणा तीव्र गति भएको तथा २९० किलोमिटर दूरी यात्रा गर्ने क्षमता भएको ब्रम्होस क्षेप्यास्त्र भारत र रसियाले संयुक्त रुपमा विकास गरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको