Like us!
Follow us!
Connect us!
Watch us!

श्रीलंकामा घट्दै जन्मदर, मृत्युदर भने बढ्दै

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १७ : ५९ मा प्रकाशित

श्रीलंकामा घट्दै जन्मदर, मृत्युदर भने बढ्दै

दक्षिण एसियाली मुलुकमा जन्मदर घट्दै जाँदा मृत्युदर भने बढ्दै गएको छ ।

सन् २०२० पछिको तथ्यांकले जन्मदर घट्दो क्रममा तथा मृत्युदर बढ्दो क्रममा रहेको देखाएको हो । सन् २०२० मा ३ लाख २५ हजार आसपास रहेको वार्षिक जन्मदर घटेर पछिल्लो तीन वर्षमा २ लाख ८० हजार पुगेको त्यहाँको रजिस्ट्रार जनरलको महाशाखाले जनाएको छ । यता एक लाख ४० हजार रहेको वार्षिक मृत्युदर बढेर एक लाख ८० हजार पुगिसकेको छ ।

जन्मदर र मृत्युदरबीचको यो असन्तुलनले श्रीलंकामा जनसंख्यामा नकारात्मक प्रभाव पार्ने जनाइएको छ । त्यहाँको केन्द्रीय बैंकको अर्को एक रिपोर्टका अनुसार श्रीलंकाको जनसंख्यामा पनि गिरावट आएको छ । सन् २०२२ मा दुई करोड २२ लाख जनसंख्या रहेको त्यहाँको जनसंख्या सन् २०२३ मा घटेर दुई करोड २० लाखमा सीमित भएको हो । सन् २००७ मा १.९३ प्रतिशत रहेको जन्मदर घटेर सन् २०२३ मा १.१२ मा सीमित हुन पुगेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको