Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १० : ३४ मा प्रकाशित

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका छन् ।

कम्पनीको चैत्र १४ गते बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । आगामी वैशाख १ गतेदेखि लागू हुने गरी उनी आगामी ४ वर्षका लागि बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका हुन् । उनी अहिले कम्पनी सचिवका रुपमा बैंकमा आवद्ध रहेका थिए ।

बैंकको सिइओमा अहिले गोविन्द प्रसाद ढकाल रहेका छन् । उनको कार्यकाल यही चैत ३० गते समाप्त हुँदैछ । यसैगरी कम्पनी सचिवमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई नियुक्त गरिएको पनि बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको