Like us!
Follow us!
Connect us!
Watch us!

सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजक

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १५ : ४५ मा प्रकाशित

सिटी एक्सप्रेस मनी ट्रान्सफर मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजक

सिटी एक्सप्रेस मनी ट्रान्सफर, लोकप्रिय कमेडि सो मुन्द्रेको कमेडि क्लबको मुख्य प्रायोजकको रूपमा रहने भएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरको कार्यलयमा मुन्द्रेको कमेडि क्लबका निर्माता कि इन्टरटेन्मेन्ट र  सिटी एक्सप्रेस मनि ट्रान्सफर बीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको हो । 

उक्त कार्यक्रम यहि चैत्र २ गतेदेखि नियमित रुपमा सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ । सिटी एक्सप्रेस मुन्द्रेको कमेडि क्लब हरेक बिहिबार बेलुकी ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण गरिने भएको छ । मुन्द्रेको कमेडि क्लब युट्युबमा इक्च् म्ष्नष्तब िबाट प्रसारण हुनेछ । 

यस कार्यक्रमका मुख्य पात्रको रुपमा चर्चित हाँस्य कलाकार जितु नेपाल र नायिका प्रियांका कार्की रहेका छन् भने कलाकारहरु दमन रुपाखेति, राजेन्द्र नेपाली ’लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाको साथै अन्य कलाकारहरु पनि विभिन्न भागहरुमा उपस्थिति रहनेछ । कार्यक्रमको निर्देशन दिनेश डि.सि.ले गर्ने भएका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको