Like us!
Follow us!
Connect us!
Watch us!

सिटि एक्सप्रेस फाइनान्सले बोलायो विशेष सभा, यी हुन् छलफलका मुख्य एजेण्डा !

अर्थसंसार

विहीबार, ०८ असोज २०७७, ११ : १२ मा प्रकाशित

सिटि एक्सप्रेस फाइनान्सले बोलायो विशेष सभा, यी हुन् छलफलका मुख्य एजेण्डा !

अर्थ संसार, काठमाडौं - सिटि एक्सप्रेस फाइनान्स कम्पनि लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ  ।  

कम्पनीको असोज ७ गते बुधबार बसेको संचालक समितिको बैठकको निर्णयानुसार सभा असोज २८ गते बुधबार कम्पनीको केन्द्रीय कार्यालय, घण्टाघर, दरबारमार्ग, काठमाडौंमा भिडियो कन्फेरेन्सको माध्यमबाट बिहान १० बजे सुरु हुनेछ  । 

कम्पनीका अनुसार सभामा सहभागी हुन चाहने शेयरधनीहरुलाई जुम आइडी पासवर्ड उपलब्ध गराइनेछ  । 

सभामा सिटि एक्सप्रेस फाइनान्सलाई नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले प्राप्ति गर्ने सम्बन्धि विशेष प्रस्ताव पारित गरिनेछ  । 

यस्तै सिटि एक्सप्रेस फाइनान्सलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गर्ने सम्बन्धमा भएका सहमतिपत्र संयुक्त मर्जर/प्राप्ति निर्णयहरु, अन्तिम सम्झौता पत्रहरु अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ  । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-

5f6c31b936329.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको