Like us!
Follow us!
Connect us!
Watch us!

सिटि एक्सप्रेस मनी ट्रान्सफर र हङकङको Wirease Remittance बिच रेमिटान्स कारोबार सुरु

अर्थ संसार

सोमबार, २४ कार्तिक २०७७, १४ : ४७ मा प्रकाशित

सिटि एक्सप्रेस मनी ट्रान्सफर र हङकङको Wirease Remittance बिच रेमिटान्स कारोबार सुरु

हङकङको ख्यातिप्राप्त Wirease Remittance र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहनुभएका
नेपालीहरुलेWirease Remittanceको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नोआफन्तलाई नेपालमा पैसा पठाउन सक्नु हुनेछ र नेपालमा
सिटी एक्सप्रेससंग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल
वालेटमा लोड गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Wirease Remittance को तर्फबाट निर्देशक ऋतु त्रिपाठीलेहस्ताक्षर गर्नु भएको छ।

यही नोभेम्बर ३० तारिक सम्म Wirease Remittance बाट सिटी एक्सप्रेस मार्फत गरिनेबैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ ।सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्ष देखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १०,००० भन्दा बढि भुक्तानीकेन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको