Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सुनचाँदीको मूल्य कति ?

निशा हुमाँगाई

आइतबार, २१ असार २०७७, १२ : १२ मा प्रकाशित

आइतबार सुनचाँदीको मूल्य कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुन र चाँदी दुवैकाे मूल्यमा स्थिरता छाएको छ ।

शुक्रबार ताेलाकाे ५ सय रूपैयाँले घटेर प्रतिताेला ९० हजार ५ सय रूपैयाँ कायम रहेकाे सुनकाे मूल्य आज आइतबार पनि स्थिर रहेर साेही मूल्यमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आइतबार तेजावी सुनको भाउ पनि प्रतितोला ९० हजार ६५ रुपैयाँ नै निर्धारण गरिएको छ ।

त्यसैगरी, आइतबार चाँदीकाे मूल्यमा पनि स्थिरता छाएको छ । आज पनि चाँदी प्रतिताेला ९ सय ४० रूपैयाँ नै कायम रहेको महासंघले बताएकाे छ ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको