Like us!
Follow us!
Connect us!
Watch us!

१० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा लेखापरीक्षक सर्टलिस्ट

अर्थ संसार

मंगलबार, १८ बैशाख २०८१, १५ : ५३ मा प्रकाशित

१० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ५ वटा लेखापरीक्षक सर्टलिस्ट

नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न ५ लेखापरीक्षक ‘सर्टलिस्ट’मा परेका छन् । केन्द्रिय बैंकले ठुला वाणिज्य बैंकको बाह्य लेखापरिक्षणका लागि २ नेपालीसहित ३ वटा विदेशी लेखापरीक्षक कम्पनी लाई सर्टलिस्ट गरेको हो। 

नेदरल्याण्ड, भारत र पाकिस्तानका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोटमा परेका हुन् । राष्ट्र बैंकले तोकेको मूल्यांकनमा उच्च अंक प्राप्त गर्ने ५ लेखापरीक्षक फर्म सर्टलिस्टमा छनोट भएका हुन् । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा १० ठुला बैंकको अडिट गर्न लागेको हो । फर्मको योग्यताको आधार, अनुभव र क्षमताका आधारमा सर्टलिस्ट गरिएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी लेखापरीक्षक कम्पनीमा नेदरल्याण्ड, भारत र पाकिस्तानका रहेका छन्। नेदरल्याण्डको डेलोइट फाइनान्सियल एडभाइजर बिभी, भारतको केपिएमजी एसुरेन्स एण्ड कल्सटेन्ट सर्भिस, पाकिस्तानको केपिएमजी तसिर हादी एण्ड रहेका छन्।

त्यस्तै नेपाली लेखापरीक्षक कम्पनीमा जेभी एसआरबिए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ड र जेभी सिएससी एण्ड प्राइस वाटर हाउस कपर प्राइभेट लिमिटेड रहेका छन् । नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानी रहेको सीएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि),एसआरबीए एण्ड बीके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स, भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ प्रालि र पाकिस्तानको केपीएमजी तसिर हादी एण्ड कम्पनी सर्टलिस्टमा परेका छन् ।

राष्ट्र बैंकले सर्टलिस्टमा परेका यि ५ कम्पनीबाट एक कम्पनीलाई नियुक्त गर्ने जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको