Like us!
Follow us!
Connect us!
Watch us!

आजबाट मेगा बैंक र गण्डकी विकास बैंककाे एकीकृत कारोबार सुरू

निशा हुमाँगाई

आइतबार, २१ असार २०७७, ११ : १६ मा प्रकाशित

आजबाट मेगा बैंक र गण्डकी विकास बैंककाे एकीकृत कारोबार सुरू

अर्थ संसार, काठमाडौं – मेगा बैंक नेपाल लिमिटेड र गण्डकी विकास बैंक लिमिटेडकाे एकीकृत कारोबार आज (असार २१ गते, आइतबार) बाट सुरु भएकाे छ । 'मेगा बैंक लिमिटेड' को नामबाट एकीकृत कारोबार सुरु गरिएकाे हाे ।

दुवै बैंककाे जेठ २१ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेका थिए । त्यस्तै, दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते अन्तिम स्वीकृति दिएका थिए ।

हाल मेगा बैंकको चुक्ता पूँजी १० अर्ब ३८ करोड ८६ लाख २१ हजार रूपैयाँ छ भने गण्डकी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ७५ करोड रूपैयाँ रहेको छ । दुवै बैंक एक भएपश्चात चुक्ता पूँजी १३ अर्ब १३ करोड ८६ लाख २१ हजार रूपैयाँ पुग्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको