Like us!
Follow us!
Connect us!
Watch us!

सुरु भयाे सिटिजन्स बैंक र सहयोगी बैंकको एकीकृत कारोबार

निशा हुमाँगाई

आइतबार, २१ असार २०७७, १० : ५४ मा प्रकाशित

सुरु भयाे सिटिजन्स बैंक र सहयोगी बैंकको एकीकृत कारोबार

अर्थ संसार, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सहयोगी विकास बैंक लिमिटेडकाे एकीकृत कारोबार हिजाे (असार २० गते, शनिबार) बाट सुरु भएकाे छ । 

सिटिजन्स बैंकको जेठ २७ गते र सहयोगी बैंकको जेठ २४ गते सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेपश्चात हिजाेबाट यी दुई कम्पनीकाे एकीकृत कारोबार सुरु भएकाे हाे ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १० गते बुधबार र कम्पनी रजिष्ट्रार कार्यालयले असार १४ गते आइतबार अन्तिम स्वीकृति दिएका थिए ।

मर्जर पश्चात "सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड" काे नामबाट एकीकृत कारोबार सुरु भएकाे छ ।

सिटिजन्स बैंकले सहयोगी बैंकलाई १ः०.९१ कित्ता शेयर दिने गरी एक्वायर गरेको हो । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको