Like us!
Follow us!
Connect us!
Watch us!

ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

निशा हुमाँगाई

सोमबार, १५ असार २०७७, १३ : २८ मा प्रकाशित

ललितपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु

अर्थ संसार, काठमाडौं – नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाकाे मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या २९ जना पुगेको छ । 

ललितपुरको स्टार अस्पतालमा उपचाररत २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएकाले उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल पुर्याइएकाे थियाे ।   

पिसिआर परीक्षणको रिपोर्ट सोमबार बिहान पाेजेटिभ आएको कार्यालयका प्रमुख खगेश्वर गेलालले जानकारी दिएका छन् ।

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको