Like us!
Follow us!
Connect us!
Watch us!

सुनकाे मूल्यले ताेड्याे इतिहास, कतिमा हुँदैछ काराेबार ?

निशा हुमाँगाई

बुधबार, ०३ असार २०७७, ११ : ०८ मा प्रकाशित

सुनकाे मूल्यले ताेड्याे इतिहास, कतिमा हुँदैछ काराेबार ?

अर्थ संसार, काठमाडौं – आज (बुधबार) सुनकाे मूल्यले नेपालमा नयाँ इतिहास कायम गरेकाे छ । 

आज (बुधबार) सुनकाे मूल्य ताेलामा एक सय रुपैयाँले बढेर प्रतिताेला ८९ हजार ८ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे ।

यस्तै, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३ सय ६५ रुपैयाँ निर्धारण भएको छ । 

त्यसैगरी, बुधबार चाँदीकाे मूल्य पनि ताेलामा ५ रुपैयाँले बढेर प्रतिताेला ९ सय ३० रूपैयाँ कायम रहेको महासंघले बताएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको