Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले गर्याे लगानीकर्ताहरुलाई यस्ताे आग्रह (विज्ञप्तिसहित)

निशा हुमाँगाई

बुधबार, ०३ असार २०७७, ०९ : ५१ मा प्रकाशित

नेप्सेले गर्याे लगानीकर्ताहरुलाई यस्ताे आग्रह (विज्ञप्तिसहित)

अर्थ संसार, काठमाडाैं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सबै दलाल र लगानीकर्ताहरुलाई शेयर कारोबारका लागि तयारी अवस्थामा रहन आह्वान गरेकाे छ । नेप्सेले हिजाे (मंगलबार) एक विज्ञप्ति जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे ।

नेप्सेले २०७५ साल कार्तिक २० गतेदेखि सञ्चालनमा ल्याइएकाे नेप्से अनलाइन काराेबार प्रणाली (नट्स) काे बारेमा बताउँदै अनलाइन कारोबार प्रणालीसँग जोडिएर कारोबार गर्नका लागि दलालहरुसँग सम्पर्क गरी युजर नेम र पासवर्ड लिन लगानीकर्ताहरुलाई अनुरोध गरेको छ ।

यसैगरी, धितोपत्र हस्तान्तरणका लागि सीडीएस एण्ड क्लियरिङ लिमिटेडको 'मेरो शेयर' र रकम हस्तान्तरणका लागि नेपाल क्लियरिङ हाउसको 'कनेक्ट आइपिएस' मार्फत गर्न सकिने व्यवस्था रहेको पनि उक्त विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

नेप्सेले यस्ता सुविधाहरू लिई कारोबारका लागि तयारी अवस्थामा रहन सबै सदस्य दलाल र लगानीकर्ताहरुलाई अनुराेध गरेकाे हाे ।

नेप्सेले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

5ee99733ac6e3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको