Like us!
Follow us!
Connect us!
Watch us!

कोराेनाको नयाँ औषधिबारे यसाे भन्छन् डा. रवीन्द्र पाण्डे

बुधबार, ०३ असार २०७७, १० : ४५ मा प्रकाशित

कोराेनाको नयाँ औषधिबारे यसाे भन्छन् डा. रवीन्द्र पाण्डे

अर्थ संसार, काठमाडाैं - नेपाल, बंगलादेश, भारत लगायतका देशमा एलर्जी, दम, बाथ आदि रोगमा प्रयोग हुने तथा सुन्निएको अवस्थामा प्रयोग हुने लाइफ सेभिंग ड्रग डेक्सामेथासोनलाई बेलायतमा गम्भिर प्रकृतिका कोरोंना संक्रमित बिरामीमा प्रयोग गर्दा राम्रो परिणाम दिएको बिबिसीले जनाएको छ । 

यो औषधि नेपाल, भारत लगायतका देशमा उपयोग तथा दुरुपयोग भएको औषधि हो । यो स्टेरोइड एकदम सस्तो र छिटो काम गर्ने खालको भएकोले चिकित्सकले भन्दा अन्य प्राक्टिस गर्नेहरुले तुरुन्तै जस पाउनको लागि ब्यापक रुपमा चलाएको पाइन्छ ।यो धेरै पुरानो स्टेरोइड हो ।

बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताले अस्पतालमा भर्ना भएका २ हजार बिरामीलाई डेक्सामेथासोन दिएका थिए । अन्य ४ हजारलाई भने यो औषधी दिइएन ।

Dexamethaasone ( Dexona ) ले भेन्टिलेटरमा रहेका बिरामीहरुको मृत्युको जोखिम ४० % बाट २८ % मा झरेको तथा अक्सिजन चाहिएका बिरामीको मृत्युको जोखिम २५ % बाट २० प्रतिशतसम्म कम भएको जनाइएको छ ।

यो औषधिले भेन्टिलेटरमा रहेका बिरामीको मृत्युको जोखिमलाई १ तिहाइले कम गर्ने तथा अक्सिजन चाहिएका बिरामीहरुको मृत्युलाई १/५ ले कम गर्न सक्ने बताइएको छ ।

यो औषधि कोभिड १९ का सामान्य बिरामीलाई नभएर आइसीयु तथा भेन्टिलेटरमा राख्नुपर्ने वा राखेका बिरामीलाई प्रयोग गरिन्छ । यसको मूल्य नेपालमा प्रति ट्याब्लेट ३-४ रुपैयाँ भन्दा कम र इन्जेक्सनको मुल्य १६ रुपैयाँ मात्र पर्दछ ।

यो एन्टिभाइरल औषधि हैन । यो कोरोना भाइरसलाई नष्ट गर्ने औषधि हैन । यो केवल जीवन बचाउनको लागि ट्रयाल गरिएको औषधि हो । यसको प्रभावकारीता हेर्न बाँकी नै छ ।

आशा गरौँ, यो औषधिले गम्भीर प्रकृतिका कोभिड १९ बिरामीको जीवन रक्षा गर्न उपयोगी हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको