Like us!
Follow us!
Connect us!
Watch us!

अरुण भ्याली हाइड्रोको अवितरित हकप्रद सेयर बाँडफाँड, कति भयो कटअफ प्राइस ?

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १२ : ३५ मा प्रकाशित

अरुण भ्याली हाइड्रोको अवितरित हकप्रद सेयर बाँडफाँड, कति भयो कटअफ प्राइस ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जारी गरेको हकप्रद सेयरमध्ये आवेदन नपरेका कित्ताका लागि माग गरिएका सिलबन्द बोलपत्रहरु खोली आज सेयर बाँडफाँड भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज काठमाडौंको नक्सालस्थित क्यापिटलकै कार्यालयमा ८ बजेदेखि सिलबन्द बोलपत्रहरु खोल्ने कार्यक्रम गरेको थियो । क्यापिटलका अनुसार कटअफ प्राइस १४४ रुपैयाँ कायम भएको छ । अवितरित हकप्रदमा सिलबन्द बोलपत्रमार्फत वैशाख १० गतेदेखि वैशाख २४ गतेसम्म आवेदन संकलन गरिएको थियो । 

अरुण भ्याली हाइड्रोले १:१ अनुपातमा फागुन १७ गतेदेखी चैत ७ गतेसम्म कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेकोमा रितपूर्वक आवेदन परेका १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको थियो ।

त्यसबाहेक बाकिँ १९ लाख ९२ हजार एक सय ३४ कित्ता सेयर लिलाम बढाबढ मार्फत बिक्री भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको