Like us!
Follow us!
Connect us!
Watch us!

इम्पेरमेन्ट चार्ज वृद्धि हुँदा छिमेक लघुवित्तको नाफा प्रभावित, कति छ प्रति सेयर आम्दानी ?

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, ०८ : ०५ मा प्रकाशित

इम्पेरमेन्ट चार्ज वृद्धि हुँदा छिमेक लघुवित्तको नाफा प्रभावित, कति छ प्रति सेयर आम्दानी ?

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । खराब कर्जा तथा इम्पेयरमेन्ट चार्ज बढ्दा कम्पनीको नाफामा उल्लेख्य गिरावट भएको छ ।

खुद नाफा/घाटा

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म लघुवित्तको खुद नाफामा उल्लेख्य गिरावट भएको छ । यस त्रैमाससम्म कम्पनीको खुद नाफा ६४ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा लघुवित्तले ८८ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद नाफा करिब २६.९ प्रतिशतले घटेको हो ।

खुद ब्याज आम्दानी

तेस्रो त्रैमाससम्ममा लघुवित्तले दुई अर्ब ५ करोड ६६ लाख रुपैयाँ खूद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो वर्ष दुई अर्ब ११ करोड ७० लाख रहेको थियो । यो करिब २.८५ प्रतिशतको वृद्धि हो ।

सञ्चालन मुनाफा

तेस्रो त्रैमाससम्म लघुवित्तको सञ्चालन मुनाफा ९० करोड ४१ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा एक अर्ब २४ करोड ४८ लाख रुपैयाँ रहेको थियो । सञ्चालन मुनाफा करिब २७.३६ प्रतिशतले घटेको हो ।

खराब कर्जा अनुपात

अघिल्लो वर्ष १.१९ प्रतिशत रहेको खराब कर्जाको अनुपात यो वर्ष बढेर ३.०४ प्रतिशत  पुगेको छ ।

इम्पेयरमेन्ट चार्ज

तेस्रो त्रैमासिकसम्ममा लघुवित्तले इम्पेयरमेन्ट चार्ज बापत् कुल ४१ करोड ४७ लाख रुपैयाँ छुट्ट्याएको छ । तेस्रो त्रैमासमा मात्रै कम्पनीले १७ करोड ३९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज बापत छुट्ट्याएको हो ।

वितरणयोग्य मुनाफा

जारी आवको कारोबारबाट यस त्रैमाससम्म वितरणयोग्य मुनाफा ५० करोड २१ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

इपिएस

२८.८३ रुपैयाँ

पिई रेसियो

२८.९६ गुणा (अन्तिम मूल्य ८३४.९ रुपैयाँ)

नेटवर्थ 

२३७.३० रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको