Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको लाइसेन्स भोलि सकिँदै

अर्थ संसार

विहीबार, २७ बैशाख २०८१, १७ : ३७ मा प्रकाशित

नेपाल टेलिकमको लाइसेन्स भोलि सकिँदै

दूरसञ्चार प्रदायक कम्पनी नेपाल टेलिकमको लाइसेन्स भोलि वैशाख २८ गते समाप्त हुँदैछ ।

२०५६ वैशाख २९ गतेदेखि २५ वर्ष सम्मका लाइसेन्स पाएको टेलिकमको लाइसेन्स भोलि सकिन लागेको हो । लाइसेन्स अवधि सकिएपनि नवीकरणको प्रक्रियामा कम्पनी गइसकेको जनाइएको छ । यसै साता टेलिकमले नवीकरणको करिब २० अर्ब रकम भुक्तान समेत गरिसकेको छ । तर उक्त रकम २०७६ सालमै बुझाउनु पर्ने नवीकरण दस्तुर रहेको छ । टेलिकमको लाइसेन्स नवीकरण बारे आजै मन्त्रीपरिषद् बैठकबाट थप निर्णय आउने जनाइएको छ ।

नेपाल टेलिकमसँगै अर्को प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेलको पनि लाइसेन्स अवधि सकिन लागेको छ । निजी स्वामित्वको एनसेलको हकमा अब के हुने भन्ने बारे भने अनिश्चित नै रहेको छ । यता दोस्रो बजारमा सक्रिय कारोबार भइरहेको नेपाल टेलिकमको लाइसेन्स नवीकरणको समाचारले लगातार ओरालो लागेको कम्पनीको सेयरभाउमा केही सकारात्मक लय लिने लगानीकर्ताहरुको अपेक्षा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको