Like us!
Follow us!
Connect us!
Watch us!

नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८ प्रतिशतको गिरावट, अन्य सूचक कस्तो

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १६ : ३५ मा प्रकाशित

नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८ प्रतिशतको गिरावट, अन्य सूचक कस्तो

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको नाफामा भारी अंकको गिरावट आएको छ । लघुवित्तको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार  संस्थाको नाफामा गिरावट आएको देखिएको छ । 

खुद नाफा
तेस्रो त्रैमाससम्म संस्थाको नाफा ६८.४९ प्रतिशतले घटेको हो । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको देखाएको छ । संस्थाले गत आर्थिक वर्षको यो अवधिमा १४ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी
संस्थाले चालु आर्थिक वर्षको चैतसम्ममा १९ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यो अवधिमा भने २७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। 

कुल निक्षेप संकलन/कर्जा लगानी 
सोही अवधीमा कम्पनीले संस्थाको कुल निक्षेप संकलन २ अर्ब ४६ करोड रुपैयाँ छ भने कर्जा लगानी ३ अर्ब ६१ करोड रुपैयाँ छ।

चुक्ता पुँजी/जगेडा कोष
हाल संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ छ भने जगेडा कोषमा २३ करोड २७ लाख रुपैयाँ राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको