Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकका ग्राहकलाई यी सामाग्री किन्दा विशेष छुट

निशा हुमाँगाई

शुक्रबार, ३० जेठ २०७७, १२ : ०२ मा प्रकाशित

मेगा बैंकका ग्राहकलाई यी सामाग्री किन्दा विशेष छुट

अर्थ संसार, काठमाडौं – कोरोना महामारीबाट सावधानी अपनाउन आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरू खरिदमा मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरूले विशेष छुट पाउने भएका छन् ।

मेगा बैंकका ग्राहकहरूलाई रिचार्जर नामक अनलाइन सपिङबाट स्वास्थ्य सामाग्री खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको हो । पीपीई, सेनिटाइजर, इन्फ्रारेड थर्मोमिटर, सर्जिकल मास्क, ग्लोब्स, सेफ्टी सुज, सेफ्टी चश्मा, फेस प्रोटेक्टर, डिस्इन्फेक्टेन्ट स्प्रे लगायत विभिन्न सामाग्री खरिदमा मेगा बैंकका ग्राहकहरूलाई छुटको व्यवस्था गरिएको रिचार्जरले जनाएको छ । 

मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरूले कार्डबाट इकमर्समार्फत रकम भुक्तानी गर्दा प्रत्येक पटक १० प्रतिशत र अधिकतम ५ सय रूपैंयासम्म छुटको व्यवस्था गरिएको छ । रिचार्जरको वेभसाइट तथा मोबाइल एप्समार्फत ग्राहकहरूले सामान अर्डर गर्न सक्नेछन् । 

त्यस्तै, देशव्यापी लकडाउनको असहज अवस्था तथा कोरोनाको सम्भावित खतराबाट जोगिन सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था गरिएको मेगा बैंकले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको