Like us!
Follow us!
Connect us!
Watch us!

प्रिमियर इन्स्याेरेन्सले डाक्यो २६औं साधारण सभा, बुकक्लोज कहिले ?

निशा हुमाँगाई

शुक्रबार, ३० जेठ २०७७, ११ : ०८ मा प्रकाशित

प्रिमियर इन्स्याेरेन्सले डाक्यो  २६औं साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार, काठमाडौं – प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे जेठ २९ गते बिहीबारका दिन बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २६औं वार्षिक साधारण सभा असार १९ गते प्रिमियर भवन नक्साल काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयाेजनार्थ कम्पनीले असार ४ गतेदेखि असार १९ गतेसम्म बुकक्लोज गर्ने भएको छ । तसर्थ असार ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन,आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक ताेक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको