Like us!
Follow us!
Connect us!
Watch us!

विश्वभर नेपाली ब्राण्ड बनेको वाई वाईविरुद्ध भ्रामक प्रचार भयो: निर्वाण चौधरी

अर्थ संसार

सोमबार, १७ बैशाख २०८१, १२ : २० मा प्रकाशित

विश्वभर नेपाली ब्राण्ड बनेको वाई वाईविरुद्ध भ्रामक प्रचार भयो: निर्वाण चौधरी

चौधरी ग्रुपका निर्देशक निर्वाण चौधरीले वाई वाई चाउचाउ विश्वभर लोकप्रिय नेपाली स्वादका रुपमा स्थापित हुँदै जाँदा देशभित्र नियोजित प्रोपागाण्डा चलाइएको बताएका छन् ।

उनले आफ्नो फेसबुक स्टाटसमार्फत चौधरी ग्रुप आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ रहेको भन्दै नेपाली पहिचानको रुपमा विश्वव्यापी ब्राण्ड बनेको वाई वाईलाई बदनाम गर्ने प्रवृत्तिको भ्रममा नपर्न उपभोक्तालाई आग्रह समेत गरेका छन् ।

‘चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् । जसमा वाइ वाइलाई निशाना बनाइएको छ।’ उनले लेखेका, ‘अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा यस्तो प्रोपागान्डा किन हुन्छ ? हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं।’

उनले चौधरी ग्रुप आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ रहेको भन्दै नेपाली पहिचानको रुपमा विश्वव्यापी ब्राण्ड बनेको वाई वाईलाई बदनाम गर्ने प्रवृत्तिको भ्रममा नपर्न उपभोक्तालाई आग्रह समेत गरेका छन् ।

उनले लेखेका छन् 

वाई वाई, नेपालको गौरव र विश्वभर ४० देशहरूमा प्रिय ब्राण्ड बनिसकेको छ र यो अझै विश्वका अन्य देशहरुमा फैलिँदै गएको छ ।

हालै जब हामीले आईपीओमा जाने घोषणा गर्यौ, त्यसपछि वाइ वाइ ब्राण्डलाई बदनाम गर्ने प्रयासस्वरुप केही गलत हर्कतहरु भइरहेका छन् भन्नेमा कुनै शंका छैन । चौधरी समूहविरुद्ध झूटा प्रचार गर्ने प्रवृत्तिहरू देखिएका छन् ।जसमा वाइ वाइलाई निशाना बनाइएको छ।

हामीले पटक पटक भनेका छौं कि वाइ वाइले उच्चतम गुणस्तरीय मापदण्डहरू पूरा गर्दै उपभोक्ताको स्वास्थ्यप्रति सदैव गम्भीर छ । खाद्य प्राविधिज्ञहरूले वाइ वाइको गुणस्तर नियमित जाँच गर्ने गरेका छन् ।

अचम्मकै कुरा भन्नुपर्छ, वाइ वाइ विश्वभर लोकप्रीय नेपाली स्वादका रुपमा स्थापित हुँदै जादा हाम्रो आफ्नै देशमा किन यस्तो प्रोपागान्डा किन हुन्छ रु हामी आफ्नो गुणस्तर र प्रमाणित मापदण्डप्रति दृढ छौं।

नेपाली पहिचानकै रुपमा विश्वव्यापी ब्राण्डलाई बदनाम गर्ने प्रवृत्तिबाट कसले के प्राप्त गर्छ, त्यो उनैले जानून । त्यसैले आम उपभोक्तालाई भ्रममा नपर्न आग्रह गर्दछौं र यदि कसैलाई हाम्रा कारखानामा भ्रमण गर्न मन भए स्वागत गर्दछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको