Like us!
Follow us!
Connect us!
Watch us!

कुन प्रदेशमा कति छन् संक्रमित ?

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, १६ : ४४ मा प्रकाशित

कुन प्रदेशमा कति छन् संक्रमित ?

अर्थ संसार, काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको आशंकामा १ हजार ५ सय ८२ जनाको नमूना परीक्षण गरिएकाे जानकारी दिएकाे छ । 

यसैगरी, मन्त्रालयद्वारा आज आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको आशंकामा ६६ हजार ७७ जनाकाे नमूना परीक्षण भएको जानकारी दिएका छन् ।

जसमध्ये, १३ हजार ८ सय ५० जनाको पिसिआर विधिबाट र ५२ हजार २ सय २७ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट परीक्षण भएकाे डा.देवकाेटाले बताए । 

प्रदेश १ मा ६ हजार १ सय २२ जनाकाे, प्रदेश २ मा ५ हजार ७ सय ७८ जनाकाे, बागमतीमा ८ हजार ९ सय ४० जनाकाे, गण्डकीमा ६ हजार ७५ जनाकाे, प्रदेश ५ मा ५ हजार १ सय ९३ जनाकाे, कर्णालीमा ५ हजार ८ सय ७६ जनाकाे  र सुदूरपश्चिम प्रदेशमा १४ हजार २ सय ४४ जनाको र्‍यापिड डाईग्नोस्टिग टेष्ट (आरडिटी) विधिबाट नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यस्तै, उनले हालसम्म २१ हजार ९९ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । साथै, काठमाडौं उपत्यकामा २ जना र बाहिर ११८ जना गरी कुल १२० जना आइसोलेसनमा रहेका छन् । 

त्यसैगरी, मन्त्रालयलका अनुसार हालसम्म नेपालमा भेटिएका ८२  जना संक्रमितमध्ये १६ जना उपचारपश्चात् निको भई घर फर्केका छन् बाँकी  ६६ जना संक्रमितको चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । संक्रमितमध्ये ६१ पुरुष र २१ महिला रहेका छन् । 

प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ । हालसम्म कर्णाली प्रदेशमा भने संक्रमित भेटिएका छैनन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको