Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको व्याज मिनाहा गर्न सम्भव छैन : गभर्नर अधिकारी

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, १५ : ५० मा प्रकाशित

बैंकको व्याज मिनाहा गर्न सम्भव छैन : गभर्नर अधिकारी

अर्थ संसार काठमाडाैं - नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋणमा सहुलियत दिन नसकिने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको मंगलबार बसेको बैठकमा अधिकारीले व्याज मिनाहाको माग आए पनि कार्यान्वयन गर्न सम्भव नभएको बताएका हुन् ।

‘व्याज मिनाहाको माग त आउँछ । आइरहेको पनि छ । तर त्यो सम्भव छैन,’ उनले भने ‘अहिले व्याज तिर्नुपर्ने तनावमा नपर्नुहोस् । भोलि त तिर्नु परिहाल्छ । अहिलेलाई समय सार्ने, व्यवसायमा अप्ठेरो नपरोस् भन्नेमा छौं’ ।

लामो समयको लकडाउनले व्यवसाय बन्द हुँदा बैंकको ऋणमा सहुलियता माग भइरहेका बेला गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋणमा सहुलियत दिन नसकिने बताएका हुन् ।

त्यसैगरी, ऋणीहरूबाट व्याज मिनाहा गर्नका लागि अनुरोध र दवाव दुवै आइरहेको बताउँदै उनले ऋणीलाई राहत पुगोस् भनेर व्याजदर घटाउने निर्णय भएको जानकारी दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको