Like us!
Follow us!
Connect us!
Watch us!

यस्ताे छ सानिमा लाइफको वित्तीय विवरण

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, १५ : १२ मा प्रकाशित

यस्ताे छ सानिमा लाइफको वित्तीय विवरण

अर्थ संसार काठमाडाैं - सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार तेश्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ५७ करोड ५८ लाख ४४ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकाे छ । गत वर्ष कम्पनीले २४ करोड ९५ लाख ७४ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेकाे थियाे ।

यसैगरी, कम्पनीले तेश्रो त्रैमाससम्म आइपुग्दा ७ करोड ६९ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ०.२० प्रतिशत अर्थात १ लाख ५५ हजार रुपैयाँले धेरै हाे । गत वर्षको यहि अवधीमा कम्पनीले  ७ करोड ६८ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे थियाे ।

त्यस्तै, कम्पनीकाे चुक्ता पूँजी १ अर्ब ४० करोड रूपैयाँ, जगेडा कोषमा ११ करोड ८७ लाख ५९ हजार रुपैयाँ र जीवन बीमा कोषमा ७७ करोड २३ लाख ७५ हजार रुपैयाँ रहेकाे छ ।  

त्यसैगरी, कम्पनीले हाल कायम चुक्ता पुँजीबाट ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । आइपीओ निष्कासन पश्चात कम्पनीकाे चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनी​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb134c467c2e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको