Like us!
Follow us!
Connect us!
Watch us!

आरएमडीसी लघुवित्तको अधिकांश सूचकमा गिरावट

निशा हुमाँगाई

मंगलबार, २३ बैशाख २०७७, १४ : १० मा प्रकाशित

आरएमडीसी लघुवित्तको अधिकांश सूचकमा गिरावट

अर्थ संसार, काठमाडौं – आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार संस्थाको अधिकांश सूचक घटेको छ ।

तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले १५ करोड १४ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ३८.०४ प्रतिशत थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २४ करोड ४४ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी २९.८२ प्रतिशतले घटेर २४ करोड ४८ लाख ६४ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले  ३४ करोड ८९ लाख ४० हजार रुपैयाँ व्याज आम्दानी गरेकाे थियो । 

संस्थाकाे सञ्चालन मुनाफा पनि ३१.३० प्रतिशतले घटेर २३ करोड ८१ लख ४१ हजार रुपैयाँमा झरेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाकाे सञ्चालन मुनाफा ३४ करोड ६६ लाख ८९ हजार रुपैयाँ रहेकाे थियो । 

त्यस्तै, संस्थाकाे चुक्ता पूँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ, जगेडा कोषमा १ अर्ब ५६ करोड २१ लाख रुपैयाँ, प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा र प्रतिशेयर नेटवर्थ २७३ रुपैयाँ ७० पैसा रहेकाे छ । 

संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eb1236934f11.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको