Like us!
Follow us!
Connect us!
Watch us!

महिन्द्रा-अग्नि ग्रुपले अनलाइन फिटनेस कार्यक्रम गर्दै

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, १३ : ४८ मा प्रकाशित

महिन्द्रा-अग्नि ग्रुपले अनलाइन फिटनेस कार्यक्रम गर्दै

अर्थ संसार, काठमाडौं – अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको अग्नि ग्रुपले शुक्रबारदेखि तीन दिने अनलाइन फिटनेस कार्यक्रम गर्ने भएको छ ।

आगामी तीन दिन आम नागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन ग्रुपले आग्रह गरेको छ ।

यो कार्यक्रम आज १९ वैशाखदेखि २१ वैशाख आइतबारसम्म हरेक दिन ४ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न लागेको हो ।

यो प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । कार्यक्रम पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले सञ्चालन गर्नेछिन् ।

त्यस्तै, अग्नि ग्रुपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन) मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको