Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकारलाई राहत घोषणा गर्न फोनिजको माग

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, १३ : ११ मा प्रकाशित

पत्रकारलाई राहत घोषणा गर्न फोनिजको माग

अर्थ संसार काठमाडाैं - नेपाली आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सबै प्रकारका सञ्चार गृह र सञ्चारकर्मीका लागि विशेष राहत प्याकेज ल्याउन सबै तहका सरकारसँग माग गरेको छ ।

बिहिबार सम्पन्न फोनिज संघीय समितिको भर्चुअल बैठकपछि जारी प्रेस विज्ञप्ति मार्फत संचारगृह र संचारकर्मीका लागि राहत घोणषा गर्न माग गरिएको हो ।

फोनिजका संगठन सचिव मिलन लिम्बूद्धारा जारी प्रेस विज्ञप्तीमा सबै प्रकारका सञ्चार गृह र सञ्चारकर्मीका लागि विशेष प्याकेज ल्याउन सबै तहका सरकारलाई आग्रह गरिएको छ । त्यस्तै, कठिन अवस्थामा समाचार संकलन गर्ने पत्रकारका लागि आवश्यक सामाग्री उपलब्ध गराउन सम्बन्धित सञ्चार गृहलाई विज्ञप्ति मार्फत अग्रह गरिएको छ ।

त्यसैगरी,  संकटको वाहानामा कुनै पनि पत्रकारलाई निस्कासन र तलब कटौती गर्नु गलत रहेको भन्दै फोनिजले त्यस्तो काम नगर्न संचार गृहलाई आग्रह गरेको छ । साथै, सम्बन्धित सञ्चार गृहले उपलब्ध गराएको परिचय–पत्रको आधारमा निर्वाध समाचार संकलन गर्न दिन सम्बन्धित निकायसँग आग्रह गरेको फोनिजले संकटको घडीमा कार्य क्षेत्रमा खट्दा उच्च सावधानी अपनाउन सम्पूर्ण पत्रकारहरूलाई आग्रह समेत गरिएको छ ।

फोनिजले प्रकाशन गरेकाे विज्ञप्ति यस प्रकारकाे छ :

5eabd12223eea.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको