Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सकाे खुद नाफा घट्दा अरू सूचक के भयाे ?

निशा हुमाँगाई

शुक्रबार, १९ बैशाख २०७७, ११ : ४७ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सकाे खुद नाफा घट्दा अरू सूचक के भयाे ?

अर्थ संसार काठमाडाैं - फर्स्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ६६ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा ५ दशमलव ६८ प्रतिशत थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले ९ करोड १८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

यसैगरी, तेस्रो त्रैमाससम्म आइपुग्दा संस्थाकाे खुद व्याज आम्दानी ४ दशमलव २६ प्रतिशतले घटेर १३ करोड ८७ लाख ९७ हजार रुपैयाँमा आइपुगेकाे छ । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १४ करोड ४९ लाख ७४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियो । 

त्यस्तै, संस्थाकाे प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४३ पैसा रहेकाे छ । संस्थाकाे प्रतिशेयर नेटवर्थ १२४ रुपैयाँ २१ पैसा रहेकाे छ । 

संस्था​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ : 

5eabbc6477882.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको