Like us!
Follow us!
Connect us!
Watch us!

अब शेयर काराेबार दिनकाे ५ घण्टा

निशा हुमाँगाई

विहीबार, २९ फागुन २०७६, १५ : ५३ मा प्रकाशित

अब शेयर काराेबार दिनकाे ५ घण्टा

अर्थ संसार, काठमाडौं – अब शेयर काराेबार दैनिक पाँच घण्टा हुने भएकाे छ । यसअघि दैनिक चार घण्टा काराेबार भइरहेकाेमा अब आइतबारबाट दोश्रो बजारको समयअवधि एक घण्टा थपेर काराेबार समय दैनिक पाँच घण्टा बनाइने भएकाे हाे ।

काराेबार समयावधि थप्ने विषयमा भइरहेको तयारी सम्पन्न भएकाले आइतबारबाट काराेबारकाे समय एक घण्टा थपेर पाँच घण्टा बनाइने नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बताएका छन् ।

अब आइतबारदेखी शेयर काराेबार बिहान १०:३० बजे खुलेर दिउँसाे ३:३० बजे बन्द हुने उनले बताए ।

यसअघि अर्थात आजसम्म शेयर काराेबार बिहान ११ बजेदेखि खुलेर दिउँसो ३ बजे बन्द हुने गरेको थियाे । त्यस्तै, हरेक हप्ता आइतबारदेखि बिहीबारसम्म शेयर काराेबार भइरहेकाे छ ।

अब्बल बन्दै प्राइम कमर्सियल बैंक।एकिकृत शुभारम्भको अवसरमा कैलाश र प्राइम बैंकका संचालकले भने यस्तो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको