Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा पहिरो : ५० अंकले घटेको बजारमा २ अर्बबढीको कारोबार

निशा हुमाँगाई

विहीबार, २९ फागुन २०७६, १५ : ०२ मा प्रकाशित

शेयर बजारमा पहिरो : ५० अंकले घटेको बजारमा २ अर्बबढीको कारोबार

अर्थ संसार, काठमाडौं – बुधबार ७३.७८ अंकले  वृद्धि भएको शेयर बजार आज (बिहीबार) फेरि राताम्मै भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४५.९१ अंकले घटेकाे छ ।

बिहीबार शेयर बजार ४५.९१ अंकले घटेर एक हजार ३७७.१८ मा पुगेकाे छ ।नेप्से ३.२३ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ९.१९ अंकले घटेर २९५.५० मा पुगेको छ ।

अब्बल बन्दै प्राइम कमर्सियल बैंक।एकिकृत शुभारम्भको अवसरमा कैलाश र प्राइम बैंकका संचालकले भने यस्तो

कूल १८२ कम्पनीकाे ५६ लाख ८६ हजार ६८१ कित्ता शेयर खरिदविक्री हुँदा २ अर्ब २० करोड ६६ लाख ६२ हजार १८२ रुपैयाँको कारोबार भएकाे छ । 

त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज सबै उपसमूहको शेयर घटेकाे छ ।

बिहीबार बैंकिङ ४०.४२ अंक, व्यापार १२.०९ अंक, हाेटल ९२.६७ अंक, विकास बैंक ४६.६ अंक, जलविद्युत ३२.९१ अंक, फाइनान्स १५.३७ अंक, निर्जिवन लाइफ ३१७ अंक, उत्पादन ७६.२५ अंक, अन्य १५.२२ अंक,  माइक्राेफाइनान्स ८९.६३ अंक, लाइफ इन्स्योरेन्स २३७.३ अंक र सामूहिक लगानी कोष समूह ०.१९ अंकले घटेकाे छ ।

त्यस्तै, कारोबारका आधारमा आज पनि नेपाल लाइफ इन्स्याेरेन्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको रु १९ करोड ८२ लाख १५ हजार ४६८ बराबरको शेयर कारोबार भएकाे छ ।

        हेराैं आजकाे शेयर तालिका :

5e6a02a368ca2.jpg 5e6a02a6d8986.jpg 5e6a02aa3a9e6.jpg 5e6a02af2cba5.jpg 5e6a02b3cd0f5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको