Like us!
Follow us!
Connect us!
Watch us!

पूँजी बजारमा भएको चलखेलविरुद्ध नेप्सेमा लगानीकर्ताले धर्ना दिने

सोमबार, ११ पुस २०७३, १४ : ०३ मा प्रकाशित

पूँजी बजारमा भएको चलखेलविरुद्ध नेप्सेमा लगानीकर्ताले धर्ना दिने

अर्थ संसार
काठमाडौं–सेयर बजारमा नेप्से र केही दलालहरुले चलखेल गरेको आरोप लगाउँदै शेयर लगानीकर्ता संघले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को सिंहदरबारस्थित कार्यालयमा शान्तिपूर्ण भेला गर्ने भएको छ ।

संघको केन्द्रीय समितिको बैठकले नेप्सेमा बैंकलाई यथासिघ्र ब्रोकर लाइसेन्स दिनु पर्ने, ब्रोकरलाई तुरुन्त शाखा विस्तार गर्न लगाउनु पर्ने, अनलाइन सिस्टम यथासिघ्र कार्यान्वयन गर्नु पर्ने, बोनस, हकप्रद, मर्जर र सूचिकृत नीति नियम स्पष्ट हुनु पर्ने, बजार निर्माता ल्याउन पहल गर्नु पर्ने र गैरआवासीय नेपालीलाई पँजी बजारमा ल्याउनु पर्नेलगायतका माग राखेको छ । ती माग तुरुन्त पूरा नगरिए अझ सशक्त आन्दोलन गर्ने संघले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।   

यो पनि पढ्नुहोस्

‘मरेकी’ आमासँग जम्काभेट

रोसी खोलामा सुबास र रोहनीको रोमान्स (भिडियो सहित)

नेप्से र दलालहरु मिलेर धितोपत्र बजारमा अबरोध गरेको लगानीकर्ताको आरोप

पूर्णिमाको समायोजित मूल्य ३७६ रुपैयाँ, पहिले किन्नेलाई नाफा भयो कि घाटा ?

हाम्रो विकास बैंकको बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको