Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से र दलालहरु मिलेर धितोपत्र बजारमा अबरोध गरेको लगानीकर्ताको आरोप

सोमबार, ११ पुस २०७३, ११ : ३९ मा प्रकाशित

नेप्से र दलालहरु मिलेर धितोपत्र बजारमा अबरोध गरेको लगानीकर्ताको आरोप

अर्थ संसार
काठमाडौं–सेयर बजार निरंतर ओरालो लागेपछि केही लगानीकर्ताले नेपाल स्टक एक्स्चेन्ज (नेप्से) का महाप्रबन्धक  सिताराम थपलिया र केहि नाफाखोरी दलालहरुले मिलेमतो गरेर यस्तो अबस्था ल्याएको आरोप लगाएका छन् ।

उनीहरुले बाणिज्य बैंंक लाईसेन्स दिने, ब्रोकर कमिसन घटाउने, अनलाईन कारोबार सुरुवात गर्ने जस्ता कार्यलाई रोकेर पूँजी बजारको बृद्धिलाई अबरोध गरेको बताएका छन् । ‘लगानिकर्ताको रगत पसिनाम होली खेल्ने यस्ता ब्यक्तिबिरुद्द अब सिधा भिड्नु पर्ने अवस्था आएको छ,’ लगानीकर्ता प्रमोद केसीले भने । उनले आन्दोलनमा उत्रन तयार रहन लगानीकर्तालाई आह्वान पनि गरेका छन् । 

उनले नेप्से र ब्रोकर मिलेर बैंकलाई लाइस्सेन्स दिने, ब्रोकरको शाखा बिस्तार गर्ने र डिलर्सिप जस्ता बजार बिस्तार गर्ने नयाँ प्रबिधी ल्याउन नदिने खेल खेलिरहेको आरोप लगाए । 
 

यो पनि पढ्नुहोस्

पूर्णिमाको समायोजित मूल्य ३७६ रुपैयाँ, पहिले किन्नेलाई नाफा भयो कि घाटा ?

उर्जा सम्मेलन २०१६ र जलविद्युत विकासका अप्ठ्यारा​

हाम्रो विकास बैंकको बोनसपछि मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको