Like us!
Follow us!
Connect us!
Watch us!

वेस्टइन्डिज ए विरुद्धको खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै

अर्थ संसार

आइतबार, १६ बैशाख २०८१, १२ : १४ मा प्रकाशित

वेस्टइन्डिज ए विरुद्धको खेलमा नेपालले टस हारेर फिल्डिङ गर्दै

वेस्टइन्डिज एविरुद्धको दोस्रो टिट्वान्टी खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदानमा हुन लागेको खेलमा नेपाली टोलीले टस हार्दै फिल्डिङमा गर्न लागेको हो । खेल मध्यान्ह एक बजेदेखि शुरु हुनेछ । हिजो देखि शुरु भएको सिरिजमा दुई टोलीबीच पाँच टिट्वान्टी खेल हुनेछ । हिजोको पहिलो खेलमा नेपालले वेस्टइन्डिज ए टोलीलाई ४ विकेटले पराजित गरेको थियो । आजको खेलमा नेपालले पाँच परिवर्तन गरेको छ ।

वेस्टइन्डिजको राष्ट्रिय टिमसँग भने नेपालले हालसम्म एक खेल मात्र खेलेको छ । २०२३ को विश्वकप क्वालिफायरअन्तर्गत जिम्बाबेको हरारेमा भएको उक्त खेलमा नेपाल १०१ रनको विशाल अन्तरले पराजित भएको थियो । टिट्वान्टी विश्वकपको तयारी गरिरहेको नेपाली टोलीले दुई महिनाको अन्तरालमा दोस्रो टेस्ट राष्ट्रको ए टोलीसँग सिरिज खेल्न लागेको छ । यस अघि नेपालले आयरल्यान्डको ए टोलीलाई हराइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको