Like us!
Follow us!
Connect us!
Watch us!

पोखरास्थित दराजको डेलिभरी भवनबाट चोरी गर्ने तीन पक्राउ

अर्थ संसार

मंगलबार, ११ बैशाख २०८१, १६ : ०२ मा प्रकाशित

पोखरास्थित दराजको डेलिभरी भवनबाट चोरी गर्ने तीन पक्राउ

पोखरामा रहेको दराजको अनलाइन डेलिभरी भवनबाट चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत चैत २४ गते पोखरा-८ नयाँबजारमा रहेको डेलिभरी भवनको शौचालयको शिशा फोडी त्यहाँ रहेको लकरसहित पाँच लाख ८२ हजार ५८० रुपैयाँ, पाँच थान झोला र एक थान सामसङ मोबाइल चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले पोखरा-१५ टुटुङ्गा बस्ने २९ वर्षीय अर्जुन परियार, पोखरा-१० रङ्गशाला बस्ने २७ वर्षीय विकास अधिकारी र पोखरा-२ नालामुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी रहेका छन् ।

उनीहरुलाई पोखरा-५ पर्स्याङबाट एक थान लकर र एक थान झोलासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको पनि प्रहरीले उल्लेख गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको