Like us!
Follow us!
Connect us!
Watch us!

वानएक्स बेटमा साढे ५७ करोडको कारोबार गरेका तीन पक्राउ

अर्थ संसार

आइतबार, ०२ बैशाख २०८१, १८ : ०६ मा प्रकाशित

वानएक्स बेटमा साढे ५७ करोडको कारोबार गरेका तीन पक्राउ

नेपालमा अवैध अनलाइन सट्टेबाजी एप्लिकेसन वानएक्स वेटका लागि कारोबार गरेको आरोपमा तीन युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका-९ बस्ने ३१ वर्षीय सञ्जय कुमार साह र १९ वर्षीय रामजी साह तथा मलंगवा नगरपालिका-१० बस्ने ३० वर्षीय राकेश चौधरी रहेका छन् । वानएक्स बेटको एजेन्ट बनेर उनीहरुले साढे ५७ करोडको कारोबार गरेको जनाइएको छ । उनीहरुले वानएक्समा पैसा लोड गरिदिने, त्यसबापतको पैसा संकलन गर्ने, कृप्टो कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकहरुले २० बढी कनेक्ट आइपिएस एकाउन्ट खोली करिब एक सय बैंक खातामार्फत कारोबार गर्दै आएका थिए । उनीहरुले हालसम्म ५७ करोड ४९ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ ।

थप  अनुसन्धान तथा कारवाहीको लागी उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको