Like us!
Follow us!
Connect us!
Watch us!

स्वदेश फर्किए अर्थमन्त्री पुन, पुँजीबजारमा रौनक फर्काउन सक्लान् ?

अर्थ संसार

शनिबार, ०८ बैशाख २०८१, १८ : ५० मा प्रकाशित

स्वदेश फर्किए अर्थमन्त्री पुन, पुँजीबजारमा रौनक फर्काउन सक्लान् ?

अमेरिका भ्रमण सकेर अर्थमन्त्री वर्षमान पुन अनन्त स्वदेश फर्किएका छन् । मन्त्री पुन नेतृत्वको चार सदस्यीय नेपाली प्रतिनिधि मण्डल आज नेपाल आइपुगेको हो ।

भ्रमणका क्रममा मन्त्री पुनले विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, अन्तर्राष्ट्रिय मुद्रा कोष, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमलगायत विभिन्न निकायका उच्चपदस्थ प्रतिनिधिहरुसँग भेटेका थिए । यसैगरी मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा पनि सम्बोधन गरेका थिए ।

अघिल्लो सोमबार नै अमेरिका प्रस्थान गरेको भ्रमण टोलीमा अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिव भूपालराज शाक्य रहेका थिए । भ्रमणमा क्रममा अर्थमन्त्री पुनले आसन्न लगानी सम्मेलनमा अमेरिकी लगानीकर्तालाई सहभागिताको निम्तो पनि दिएका थिए ।

मन्त्री पुन अमेरिका प्रस्थान गरेयता नेपाली सेयरबजारमा भने लगातार गिरावट आएको छ । मन्त्री पुन गएपछि ६ दिन सेयर कारोबार भएकामा ५ दिन बजार घट्दा एक दिन मात्र बजार बढ्न सकेको छ । यस अवधिमा बजारले करिब ६३ अङ्क गुमाइसकेको छ ।

मन्त्री पुन जाँदाजाँदै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियासमेत अर्थमन्त्री कै कारण रोकिएको छ। निरन्तर घटिरहेको अवस्थामा पुंजीबजारको नियामकको पद खालि राख्दा सरकार नै पुंजीबजार प्रति सकारात्मक नभएको संदेश प्रवाह भएको छ। तेसैले पनि तत्काल सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न अर्थमन्त्रीले पहल गर्छन कि गर्दैन त्यो सेयरबजारका लगानीकर्ताले हेरिरहेका छन्। 

यस बाहेक अर्थमन्त्रीले ढुक्क भएर लगानी गर्नु भनेको सुनेर लगानी गर्ने सबै लगानीकर्ताले आफ्नो लगानीको पूँजीको राम्रो हिस्सा गुमाईसकेका छन्। यस्तो अवस्थामा अर्थमन्त्रीले बजारका लगानीकर्ताको मनोबल सुधार्न पहल परे बजारलाई केहि राहत मिल्ने नै छ। साथै सेयर बजार सुधारका लागि अर्थमन्त्रीको निर्देशनमा बजारका नियामकले प्रस्तुत गरेको  कार्ययोजनालाई अगाडी अर्थमन्त्रीले बढाए त्यसले पनि पुँजीबजारमा रौनक फर्काउन पहल गर्ने नै छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको