Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिका उडे अर्थमन्त्री वर्षमान पुन

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, ११ : २१ मा प्रकाशित

अमेरिका उडे अर्थमन्त्री वर्षमान पुन

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा सहभागी हुन अर्थमन्त्री वर्षमान पुन अमेरिका उडेका छन् ।

सोमबार सबेरै सवा २ बजे कतार एयरवेजको विमानमार्फत पुनसहित चार सदस्यीय टोली अमेरिका प्रस्थान गरेको हो । भ्रमण टोलीमा अर्थ मन्त्रालयअन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिव भूपालराज शाक्य रहेका छन् ।

भ्रमणका क्रममा मन्त्री पुनले विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगम, अन्तर्राष्ट्रिय मुद्रा कोष, अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगमलगायत विभिन्न निकायका उच्चपदस्थ प्रतिनिधिहरुसँग भेट्ने कार्यक्रम रहेको छ । यसैगरी मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री पुनले आगामी १६ र १७ वैशाखमा काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनबारे विश्व बैंकसहित विकास साझेदार र निजी क्षेत्रलाई जानकारी गराउने तथा नेपालमा लगानी अनुकूल वातावरण निर्माणमा सरकारका तर्फबाट भएका सुधार प्रयासबारे सम्भावित लगानीकर्ताहरुलाई अवगत गराउने योजना पनि रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको