Like us!
Follow us!
Connect us!
Watch us!

‘खल्ती’ले उपलब्ध गरायो ‘खल्ती सुरक्षा प्लस’स्वास्थ्य सेवा प्याकेज

अर्थ संसार

शुक्रबार, ०७ बैशाख २०८१, १७ : ५३ मा प्रकाशित

‘खल्ती’ले उपलब्ध गरायो ‘खल्ती सुरक्षा प्लस’स्वास्थ्य सेवा प्याकेज

खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘खल्ती सुरक्षा प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ। 

मात्र ७६० रूपैयाँबाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले ५ लाख ३० हजार रूपैयाँसम्मको स्वास्थ्य, दुर्घटना, र जीवन बिमा साथै एक लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन् ।

१८ वर्षदेखि ६० वर्षसम्मका प्रयोगकर्ताले ‘खल्ती सुरक्षा प्लस’ को सब्स्क्रिब्सन लिन सक्नेछन्। सब्स्क्रिब्सन लिएका प्रयोगकर्ताहरूले जीवन बिमा स्वरूप २ लाख ५० हजार रूपैयाँ, गम्भिर बिमारीको उपचार खर्च स्वरूप ५० हजार रूपैयाँ र अस्पताल भर्ना,दुर्घटना तथा अन्त्येष्टि खर्च स्वरूप २ लाख ३० हजार रूपैयाँसम्म दाबि गरि कूल ५ लाख ३० हजारसम्मको स्वास्थ्य सुरक्षा प्राप्त गर्न सक्नेछन्।

यस लगायत प्रयोगकर्ताहरूले ‘खल्ती सुरक्षा प्लस’ अन्तर्गत एक लाख ५० हजारको आँखा, कपाल, छाला, सम्बन्धित स्वास्थ्य सेवाहरू को लाभ उठाउन सक्नेछन् ।

हालको समयमा बीमा सुबिधा लिनलाई झेल्नुपर्ने आर्थिक भारको चुनौतिका कारण धेरै प्रयोगकर्ताहरू आफ्नो स्वस्थ सुरक्षाबाट बन्चित रहेको अवस्थामा मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘सुरक्षा प्लस’ नामक बजेट फ्रेन्ड्ली स्वास्थ्य सुविधा प्याकेज उपलब्ध गराएको खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले जनाएका छन्।

खल्तीमा देशभरिका ४० लाख भन्दा बढी प्रयोगकर्ताहरू, १ लाख एजेन्ट, ६० हजार मर्चेन्ट व्यवसायी, ५५ं बैंक तथा वित्तीय संस्था, १५००ं सहकारी र ३००ं कर्मचारी को परिवारमा रूपान्तरण भएको छ। सम्पूर्ण नेपालीहरूमा वित्तीय साक्षरता पु¥याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टिभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बिमा शुल्क, इ–कमर्सहरू, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरू र अन्य थुप्रै डिजिटलाइज्ड सेवाहरू उपलब्ध गराउँदै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको