Like us!
Follow us!
Connect us!
Watch us!

गुगलले निकाल्यो 'कोर टिम' का दुई सय कर्मचारी

अर्थ संसार

विहीबार, २० बैशाख २०८१, १७ : ३० मा प्रकाशित

गुगलले निकाल्यो 'कोर टिम' का दुई सय कर्मचारी

अग्रणी प्रविधि कम्पनी गुगल आफ्नो कोर टिममा रहेका दुई सय कर्मचारीलाई बिदा गरेको छ ।

कम्पनीको पुनर्संरचनाका लागि भन्दै ती कर्मचारी हटाएको जनाइएको छ । गुगलले अब सोही किसिमको कार्यदक्षता भएका मानव संसाधन भारत र मेक्सिकोमा परिपूर्ति गर्ने रणनीति लिएको हो । गुगलको कोर युनिटमा फ्लागसीप उत्पादन निर्माणका लागि प्राविधिक, प्रयोगकर्ताको अनलाइन सुरक्षामा काम गर्ने विशेषज्ञ लगायत रहेको कम्पनीको वेवसाइटमा उल्लेख गरिएको छ ।

आइटीका मुख्य प्राविधिकहरु, पाइथन डेभलपमेन्ट टिम, कोर डेभलपर, प्राविधिक पूर्वाधारका कर्मचारी लगायत विभिन्न इन्जिनियरिङ पदहरु कोर टिम अन्तर्गत रहेका छन् । पछिल्लो समय आइटीका धेरै जसो कम्पनीले कर्मचारी कटौती गर्दै आएका छन् । यसको पछाडी एआइको विकास प्रमुख कारण भएको टिप्पणी हुँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको