Like us!
Follow us!
Connect us!
Watch us!

एसिसि प्रिमियर कपमा साउदी अरबले दियो नेपाललाई ७४ रनको लक्ष्य

अर्थ संसार

बुधबार, ०५ बैशाख २०८१, १५ : ०७ मा प्रकाशित

एसिसि प्रिमियर कपमा साउदी अरबले दियो नेपाललाई ७४ रनको लक्ष्य

एसिसि प्रिमियर कपको आजको खेलमा नेपाललाई साउदी अरबले ७४ रनको लक्ष्य दिएको छ ।

ओमान टर्फ मैदानमा भएको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको थियो । वर्षाको कारण प्रति टोली आठ-आठ ओभर खेलिदै गरेको खेलमा नेपालले साउदी टोलीलाई ७३ रनमा रोक्न सफल भएको हो । साउदी अरबका लागि अब्लुल वाहिदले ३७ रन बनाउनु बाहेक अन्य कसैले उल्लेख्य योगदान दिन सकेनन् ।

बलिङतर्फ नेपालका करन केसी र अविनाश बोहोराले दुई-दुई विकेट लिए भने ललित राजवंशी र प्रतिश जिशी एक-एक विकेट चट्काए । ७४ रनको लक्ष्य पछ्याउँदै नेपालले केही केही क्षणमा ब्याटिङ थाल्नेछ । प्रतियोगितामा नेपालले यसअघि भएका आफ्ना तीन खेलमा जीत हासिल गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ । साउदीलाई भने सेमिफाइनल पुग्न आजको खेल जित्नै पर्ने बाध्यता रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको