Like us!
Follow us!
Connect us!
Watch us!

एसिसि प्रिमियर कपमा नेपालको तेस्रो जीत, हङकङ ८ विकेटले पराजित

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १५ : २३ मा प्रकाशित

एसिसि प्रिमियर कपमा नेपालको तेस्रो जीत, हङकङ ८ विकेटले पराजित

एसिसि प्रिमियर कपको आजको खेलमा नेपालले हङकङलाई सहजै आठ विकेटले हराउन सफल भएको छ ।

ओमान टर्फ मैदानमा भएको खेलमा नेपालले टस  टस जितेर पहिले फिल्डिङ गरेको थियो । नेपाली टोलीमा आज विवेक यादवको ठाउँमा खेलेका करन केसीले शुरूवाती सफलता दिलाए । मार्टिन कुत्जेलाई केसीले ८ रनमै आउट गराए । त्यसपछि हङकङका अन्सुमन रथले ३४ रन बनाउँदै पारी सम्हाने कोशिस गरे । तर रथबाहेक अन्य कुनै खेलाडीले उल्लेख्य योगदान दिन नसक्दा हङकङ १७.५ ओभरमै अलआउट हुनपुग्यो ।

बलिङतर्फ नेपालका अविनाश बोहोराले तीन विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले दुई-दुई विकेट लिए । वर्षाको कारण  ढिला गरि शुरु भएको खेल प्रति इनिङ १८ ओभरमा घटाइएको छ । ११५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आसिफ सेख र कुशल भुर्तेलले आक्रामक शुरूवात दिलाए । सेखले १८ बलमै ४० रन बनाउँदा भुर्तेलले पनि ३२ रन बनाए । कप्तान रोहित पौडेलले २५ र सन्दीप जोराले १९ रन बनाउँदै नेपाललाई जीतसम्म डोहोर्याए ।

प्रतियोगितामा नेपालले यसअघि भएका आफ्ना दुई खेलमा जीत हासिल गरिसकेको छ भने हङकङले एक खेल जित्दा अर्को खेलमा हार व्यहोरेको छ । आजको खेल जितेसँगै नेपालको सेमिफाइनल यात्रा लगभग पक्का भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको