Like us!
Follow us!
Connect us!
Watch us!

एसिसि प्रिमियर कप : हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

अर्थ संसार

सोमबार, ०३ बैशाख २०८१, १२ : ४९ मा प्रकाशित

एसिसि प्रिमियर कप : हङकङविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

एसियन क्रिकेट काउन्सिल एसिसिको आयोजनामा भइरहेको एसिसि प्रिमियर कपको आजको खेलमा नेपालले हङकङको सामना गर्दैछ ।

ओमान टर्फ मैदानमा हुन लागेको खेलमा नेपालले टस  टस जितेर पहिले फिल्डिङ गर्ने भएको छ । नेपाली टोलीले आज एक परिवर्तन गर्दै विवेक यादवको ठाउँमा करन केसीलाई टोलीमा सामेल गरेको छ । वर्षाको कारण  ढिला गरि शुरु भएको खेल प्रति इनिङ १८ ओभरमा घटाइएको छ ।

नेपालले यसअघि भएका आफ्ना दुई खेलमा जीत हासिल गरिसकेको छ भने हङकङले एक खेल जित्दा अर्को खेलमा हार व्यहोरेको छ । आजको खेल जितेमा नेपालको सेमिफाइनल यात्रा पक्का हुनेछ । हङकङ भने आफ्नो सेमिफाइनल सम्भावना कायम राख्ने दाउमा हुनेछ ।

ओमानमा जारी प्रतियोगितामा १० देश सहभागी छन् । समूह 'ए' मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरब रहेका छन् भने समूह 'बि' मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । एसिया कपको छनोट प्रतियोगिता रहेको यस प्रतियोगिताबाट शीर्ष दुई टोली छनोट हुनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको