Like us!
Follow us!
Connect us!
Watch us!

एसिसि प्रिमियर कपमा नेपालको सुखद सुरुवात, मलेसिया पराजित

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, १९ : २५ मा प्रकाशित

एसिसि प्रिमियर कपमा नेपालको सुखद सुरुवात, मलेसिया पराजित

एसियन क्रिकेट काउन्सिल एसिसिको आयोजनामा आज देखि शुरु भएको एसिसि प्रिमियर कपको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ ।

ओमान टर्फ मैदान भएको खेलमा नेपालले टस हारेर पहिले फिल्डिङ गरेको थियो । पहिले ब्याटिङ गरेको मलेसियाका लागि कप्तान वीरन्दीप सिंहले सर्वाधिक ७२ रन बनाउँदा टोलीले १४३ रनको मध्यम स्कोर खडा गर्यो । टोलीका लागि सर्विन मुनियान्डीले ४१ तथा मोहम्मद आमिरले १६ रन बनाए । नेपालले कसिलो बलिङ गर्दा मलेसियाका कुनै पनि खेलाडीले उच्च स्ट्राइक रेटमा रन बनाउन सकेनन् । बलिङतर्फ दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै निर्धारित ४ ओभरमा १४ रन मात्र खर्चदै २ विकेट लिन सफल रहे । 

प्रतिउत्तरमा नेपालले निकै सुस्त सुरुवात गर्यो । कुशल भुर्तेल २४ बलमा २४ रन बनाउँदै आउट भए भने आसिफ सेखले पनि ३५ बल खेलेर ३२ रन मात्र बनाउन सके । कप्तान रोहित पौडेल २४ रन तथा दीपेन्द्र सिंह ऐरीले पनि २० रन बनाएर पवेलियन फर्किँदा नेपाल केही समस्यामा देखिएको थियो । तर त्यसपछि आएका गुल्सन झाले आक्रामक १९ र सन्दीप जोराले १२ रन बनाउँदै टोलीलाई जीत सम्म डोहोर्याए । मलेसियाका वीरन्दीप सिंहले ३ विकेट लिए ।

ओमानमा जारी प्रतियोगितामा १० देश सहभागी हुनेछन् । समूह 'ए' मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरब रहेका छन् भने समूह 'बि' मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् । एसिया कपको छनोट प्रतियोगिता रहेको यस प्रतियोगिताबाट शीर्ष दुई टोली छनोट हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको