Like us!
Follow us!
Connect us!
Watch us!

रसुवागढी हाइड्रोबाट एक महिना भित्र विद्युत उत्पादनको तयारी

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १७ : ०७ मा प्रकाशित

रसुवागढी हाइड्रोबाट एक महिना भित्र विद्युत उत्पादनको तयारी

एक सय ११ मेगावाटको रसुवागढी हाइड्रोबाट आगामी एक महिना भित्र विद्युत उत्पादनको तयारी गरिएको छ ।

आयोजनाको बाँधस्थलको सफल परीक्षण पश्चात् बालुवा थिग्राउने, पोखरी, सुरुङ, पेनस्टेक तथा अन्य उपकरणको प्राविधिक परीक्षण सकेर हाल विद्युत उत्पादनका लागि टर्वाइन घुमाएर वेट टेस्ट गरिएको हो । आयोजनाको इलेक्ट्रोमेकानिकल कार्य भारतीय कम्पनी भोइथ हाइड्रोले गरेको हो भने सिभिल तथा हाइड्रो मेकानिकलको काम चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक ग्रुपले गरेको हो ।

योजनाको तीन युनिटमध्ये दुई युनिटको सफल परीक्षण भइसकेको छ भने बाकिँ एक युनिट पनि परीक्षणको क्रममै रहेको छ । सन् २०१३ मै शुरु गरिएको उक्त योजनाको निर्माण कार्य कोभिड लगायतका कारणले गर्दा पछि धकेलिएको हो । योजनाको प्रारम्भिक लागत प्रति मेगावाट १२.२५ करोड रुपैयाँ रहेपनि निर्माण सकिन ढिलाई हुँदा उक्त लागत बढेर प्रति मेगावाट १६.६४ करोड रुपैयाँ पुगिसकेको छ । प्रसारण लाइनको निर्माण समयमै सम्पन्न भए आयोजनाबाट एक महिना भित्रै राष्ट्रिय ग्रीडमा उत्पादित बिजुली जोड्ने आयोजनाको तयारी छ । तर प्रसारण लाइन त्यस अवधि भित्र बन्नेमा भने शंका रहेको जनाइएको छ ।

आयोजनाले प्रारम्भिक निष्कासन गरेर दोस्रो बजारमा उक्त सेयरको कारोबार भएको नै करिब साढे चार वर्ष बढी भइसकेको छ । बिहीबार उक्त सेयरको प्रति कित्ता २८३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको