Like us!
Follow us!
Connect us!
Watch us!

इन्भेस्टमेन्ट मेगा बैंकको ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

अर्थ संसार

विहीबार, १५ चैत्र २०८०, १२ : ३५ मा प्रकाशित

इन्भेस्टमेन्ट मेगा बैंकको ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ४० लाख ४० हजार कित्ता ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको  १ हजार रुपैयाँ दरको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेप्से र बैंकबीच १० प्रतिशत एनआईएमबी डिबेन्चर २०९० सूचीकरणका लागि सम्झौता भएकोसँगै बैंकले आगामी १० वर्षे अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गरेको हो।

बैंकले बिक्री प्रबन्धक प्रभु क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुलाएको थियो। आगामी आइतबारदेखि ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न पाइनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको