Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले ३८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

अर्थ संसार

बुधबार, १६ फागुन २०८०, १४ : ०४ मा प्रकाशित

राष्ट्र बैंकले ३८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले आफ्नो पेन्सन र उपदान तथा कर्मचारी सुरक्षण कोषमा रहेको ३८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले सुरक्षण कोषको २४ करोड र पेन्सन र उपदान कोषमा रहेको १४ करोड गरि कुल ३८ करोड लगानी गर्न लागेको हो ।

बैंकले एक सूचना जारी गर्दै विभिन्न सर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थामा कोषको ३८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो । सूचना अनुसार राष्ट्र बैंकले यसमध्ये क वर्गका वाणिज्य बैंकमा ३० करोड ४० लाख, विकास बैंकहरुमा ५ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरुमा १ करोड ९० लाख रुपैयाँ गरी कुल ३८ करोड रुपैयाँ राख्न लागेको हो ।

राष्ट्र बैंकले २०८० चैत २ गतेदेखि २०८१ चैत १ गतेसम्म ३६६ दिनका लागि मुद्दतिमा उक्त रकम राख्नेछ । निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, कर्जा निक्षेप अनुपात निर्धारित सीमा भित्र रहेको, न्यूनतम पूँजीकोष अनुपात कायम रहेको लगायतका सर्त पुगेका बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र मुद्दतिमा लिन चाहेको रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको