Like us!
Follow us!
Connect us!
Watch us!

ऋण लिएपछि तिर्नुपर्छः कार्यबाहक गर्भनर निलम ढुंगाना

अर्थ संसार

सोमबार, ०७ फागुन २०८०, ०९ : ०७ मा प्रकाशित

ऋण लिएपछि तिर्नुपर्छः कार्यबाहक गर्भनर निलम ढुंगाना

नेपाल राष्ट्र बैंककी कार्यबाहक गर्भनर निलम ढुंगानाले ऋण लिएपछि तिर्नुपर्ने बताएकी छिन्। महिला आर्थिक पत्रकार संघ (फेजा) ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै ढुंगानाले यस्तो बताएकी हुन्।

उनले समग्र अर्थतन्त्रमा समस्या आएको कारण बैंकमा पनि यसको समस्या देखिएको बताईन्। यद्यपी छिमेकी देशहरुको तुलनामा नेपलाको एनपिएल कम नै रहेको जानकारी गराईन। नेपालमा वित्तीय क्षेत्रको आकार र पहुंच विस्तार भएको, निजी क्षेत्रमा जाने कर्जा विस्तार भएको र अर्थतन्त्रका अधिकांश सूचक सकरात्मक देखिएकाले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या पनि छिट्टै ठिक हुने बताईन।

पूँजीगत खर्च बढे समग्र अर्थतन्त्रमा सकारात्मक असर देखिने उनको भनाई छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको