Like us!
Follow us!
Connect us!
Watch us!

नियम उल्लंघन गर्ने आधा दर्जन विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, संचालक र सिइओलाई राष्ट्र बैंकको कारबाही

अर्थ संसार

बुधबार, ०२ फागुन २०८०, ११ : ४२ मा प्रकाशित

नियम उल्लंघन गर्ने आधा दर्जन विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, संचालक र सिइओलाई राष्ट्र बैंकको कारबाही

नेपाल राष्ट्र बैंकले आधा दर्जन विकास बैंक र वित्त कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई एकैसाथ कारबाही गरेको छ ।

राष्ट्र बैंकले निर्देशित नियमन उल्लंघन गरे बापत चालु आवको दोस्रो त्रैमासमा  विकास बैंक र वित्त कम्पनी तथा ती संस्थाका अध्यक्ष, संचालक र सिइओलाई कारबाही गरेको हो ।

केन्द्रिय बैंकले मुक्तिनाथ विकास बैंकका संचालक समिति, संचालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

बैंकले यी बाहेक सप्तकोशी डेभलपमेन्ट बैंकका संचाल समिति र प्रमुख कार्यकारी अधिकृत, नारायणी डेभलपमेन्ट, प्रोग्रेसिभ फाइनान्सको संचालक समिति र सिईओ, गुडविल फाइनान्सका संचालक समिति र सिइओलाई राष्ट्र बैंकले कारवाही गरेको हो । त्यसैगरि गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सका सिइओलाई समेत कारबाही गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको