Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा: सर्वसाधारणले भने औसत समिक्षा

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ०८ : २६ मा प्रकाशित

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा: सर्वसाधारणले भने औसत समिक्षा

नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई सर्वसाधारणले औसत भनेका छन्। 

अर्थसंसारले आफ्नो सामाजिक संजाल मार्फत गरेको मत सर्वेक्षणमा धेरै सहभागीले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षालाई औसत भनेका हुन्। 

समिक्षा मार्फत नेपाल राष्ट्र बैंकले ५ नीतिगत व्यवस्थाहरु कायम गरेको छ। त्यी व्यवस्थाहरु यस प्रकार छन् :

  • आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरुलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरुलाई यथावत राखिएको छ ।
     
  • अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ।
     
  • ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ ।
     
  • संस्थागत मुद्धति निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्धति निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा १ प्रतिशत बिन्दुले न्यून राखी तय गर्न पाउने व्यवस्था गरिने छ ।
     
  • कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था गरिने छ ।

यसअघि संस्थागत मुद्दती निक्षेपको ब्याजदर निर्धारण गर्दा व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदरभन्दा दुई प्रतिशत बिन्दुसम्मले कम राख्नुपर्ने व्यवस्था थियो। 

साथै,कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्थाले उत्पादनशील क्षेत्रमा जाने र सानो आकारका ऋणको जोखिम भारलाई घटाउने देखिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको