Like us!
Follow us!
Connect us!
Watch us!

अर्धवार्षिक समिक्षा : विदेशी पर्यटकको संख्यामा वृद्धि,आम्दानी ४४.४% ले बढ्यो

अर्थ संसार

सोमबार, २९ माघ २०८०, २० : २८ मा प्रकाशित

अर्धवार्षिक समिक्षा : विदेशी पर्यटकको संख्यामा वृद्धि,आम्दानी ४४.४% ले बढ्यो

नेपाल राष्ट्र बैंकले नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भएको जनाएको छ।  

बैंकले आज मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै यस अवधिमा नेपाल आउने बाह्य पर्यटकको संख्यामा वृद्धि भई भ्रमण आय ४४.४ प्रतिशतले बढेको जनाएको छ। 

कोभिड महामारीपश्चात् चालु आर्थिक वर्षमा पर्यटक आगमन संख्या उल्लेख्य बढेको हो । सन् २०२३ मा करिव १० लाख १५ हजार पर्यटकको आगमन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशतले बढी हो ।

२०२३ जनवरीमा करिव ५५ हजार पर्यटकको आगमन भएकोमा २०२४ जनवरीमा ७९ हजारभन्दा बढी संख्यामा पर्यटकहरुको आगमन भएको छ ।

चालु आर्थिक वर्ष पनि पर्यटन आगमन सन्तोषजनक रहने राष्ट्र बैंकले भनेको छ । पर्यटक आगमनसँगै बाह्य पर्यटनबाट हुने भ्रमण आयसमेत उल्लेख्य बढेको छ । यसबाट रोजगारी, आय आर्जन एवम् आर्थिक गतिविधि चलायनमान बनाउन सहयोग पुगेको राष्ट्र बैंकको ठहर छ  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको